Logo
Logo

दुर्गा प्रसाईँलाई अविलम्ब रिहाइ नगरे सङ्घर्षमा उत्रने राप्रपाको चेतावनी


1.3k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँलाई तत्काल र बिना शर्त रिहा गर्न सरकारसँग माग गरेको छ । प्रसाईँले दिएका अभिव्यक्तिलाई लिएर प्रहरीले गए राति उनकै निवासमा पुगी मध्यरातमा पक्राउ गरेको थियो । 

The current image has no alternative text. The file name is: durga-rajendra.jpg

राप्रपाले यो कदमलाई अमानवीय, निन्दनीय र लोकतन्त्रविरोधी भन्दै कडा आपत्ति जनाएको छ । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ-‘सुतिरहेको अवस्थामा मध्यरातमा घरमा पसेर पक्राउ गर्नु सरकारको तानाशाही चरित्रको नग्न प्रदर्शन हो । यसले फरक मत र अभिव्यक्ति स्वतन्त्रतालाई दमन गर्ने नियत प्रस्ट भएको छ ।’

विज्ञप्तिमा प्रसाईँलाई अविलम्ब रिहाइ नगरे कडा सङ्घर्षमा उत्रने चेतावनीसमेत दिइएको छ । यता काठमाडौं जिल्ला प्रशासनले ४ दिनको म्याद थप गर्दै प्रसाईँलाई हिरासतमा राख्ने निर्णय गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले प्रसाईँले सार्वजनिक शान्ति भंग हुने गरी अभिव्यक्ति दिएको आरोप लगाएको छ । यही मङ्सिर ७ गते देशव्यापी आन्दोलनको घोषणा गरेका प्रसाईँलाई आन्दोलनअघि नै पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्