Logo
Logo

टीओबीले जेनजी आन्दोलन भड्काए : ओली  


504
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तिब्बती मूलका शरणार्थी समूह ‘टीओबी’लाई भदौ २३-२४ गतेको तथाकथित ‘जेनजी आन्दोलन’ भड्काएको आरोप लगाउँदै कडा आक्रोश व्यक्त गरेका छन् ।

The current image has no alternative text. The file name is: oliii.jpg

 मङ्गलवार बसेको एमालेको विघटित प्रतिनिधिसभा संसदीय दलको बैठकमा दल नेता समेत रहेका ओलीले सो आन्दोलनका क्रममा ‘मलाई मेरो देश चाहिन्छ’ भन्दै नारा लगाएका टीओबी समूहका युवाहरूको भिडियो भाइरल भएपछि उक्त समूहलाई लक्षित गर्दै कडा टिप्पणी गरेका हुन् । बैठकमा ओलीले वर्तमान सत्ता गठबन्धन सरकारलाई ‘बाघको छालामा स्यालको रजाइँ’ को संज्ञा दिए । उनले भने, ‘यो सरकार जनताले बनाएको होइन । टेलिफोन र डिस्कर्डबाट बनेको सरकार राजनीतिबाट होइन, चुनावबाट बन्दैन । त्यसैले यो पूर्ण रूपमा असंवैधानिक छ ।’

उनले देशलाई राजनीतिक, सामाजिक र आर्थिक रूपले पछाडि धकेल्ने प्रयास भइरहेको र भ्रष्टाचार अत्यधिक बढेको दाबी गरे । ‘देश दोबाटोमा उभिएको छ,’ ओलीले भने, ‘एकातिर स्वाधीनता र स्वतन्त्रता जोगाउँदै समृद्धिको बाटो, अर्कोतिर विनाश र बर्बादीको बाटो । अहिले भ्रष्टाचार चरम रूपमा बढेको छ ।’ 

भदौ २३-२४ गतेको घटनालाई लिएर ओलीले ‘नेपो बेबी’ भन्दै बालबालिकालाई मानसिक तनाव दिने काम गरिएको भन्दै त्यसलाई बालबालिका विरोधी अपराधको संज्ञा दिए । ‘बाबुआमाले भ्रष्टाचार गरेका भए पनि बच्चाको के दोष ?’ उनले प्रश्न गरे, ‘उनीलो रंग लगाएर, डर-त्रास देखाएर बालबालिकालाई मानसिक यातना दिनु जघन्य अपराध हो ।’ अध्यक्ष ओलीले भदौ २३-२४ को घटनाको जिम्मेवारी आफूले लिनुपर्छ भन्नेहरूलाई पार्टीविरोधी र नेतृत्वविरोधीको संज्ञा समेत दिए ।

प्रतिक्रिया दिनुहोस्