काठमाडौं । सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घाइतेलाई थप जनही १५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । घाइतेहरू फलोअपका क्रममा आउन आर्थिक समस्या परेको गुनासो आएसँगै सरकारले थप आर्थिक सहुलियत गरेको हो ।

मङ्गलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका घाइतेको उपचारार्थ थप तत्काल जनही १५ हजार उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घाइते भएका २ हजार ४२९ जनालाई जनही १५ हजार रुपैयाँ रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको उनले बताए । यसअघि सरकारले घाइतेलाई जनही २० हजार रुपैयाँ दिएको थियो ।











