काठमाडौं । एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको तत्काले रिहाइको माग गरेका छन्।

उपत्यकास्तरीय जनप्रतिनिधि भेलामा बोल्दै ओलीले प्रसाईंलाई उनले सार्वजनिक गरेको भिडियोको आधारमा रातारात पक्राउ गरिएको भन्दै आपत्ति जनाए। ‘अभिव्यक्तिका आधारमा कसैलाई थुन्न मिल्दैन,’ भन्दै उनले सरकारलाई प्रश्न गरे– “भिडियोको जवाफ छैन भने किन गिरफ्तारी? मानव अधिकार आयोगले पनि स्पष्ट भनेको छ– बोल्नेलाई थुन्न पाइँदैन।”
ओलीले सरकार ‘तमासा मन्च’ चलाएको आरोप लगाउँदै राति नै ‘स्वेच्छाचारी शैली’मा गिरफ्तार गरिनु अस्वीकार्य भएको टिप्पणी गरे।











