काठमाडौं । त्रिभुवन विश्वविद्यालयको जग्गा मिच्ने प्रकरणमासरकारको खोजबिन समितिले तयार पारेको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले प्रतिवेदन अख्तियारलाई अगाडि बढाउनका लागि दिएको बताए । उनले भने, “जग्गा छानबिन गरी त्रिभुवन विश्वविद्यालयको नाममा ल्याउनुपर्ने विषय प्रतिवेदनमा उल्लेख छ। केही विषय कानुनी रूपमा जटिल छन्, त्यसलाई अख्तियारमा पठाइएको हो । अख्तियारले अब अगाडि बढाओस् ।”
मन्त्री पुनले अनलाइनखरबसँगको अन्तर्वार्तामा पनि बताए, “मन्त्रालयले प्रतिवेदनलाई आधार बनाएर अख्तियारलाई आवश्यक कदम चाल्न दिएको हो ।”
उनको मन्त्री पदमा दुई महिनामा गरिएको काम र शिक्षा सुधारसम्बन्धी अन्तर्वार्ता केहीबेरमा प्रकाशित हुने तयारीमा रहेको छ ।











