Logo
Logo

निर्वाचन बहिष्कार गर्ने दलले राष्ट्रका लागि अराजकता रोजेको ठहरिनेछ : प्रधानमन्त्री


252
Shares

The current image has no alternative text. The file name is: sushila.jpg

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले कुनै पनि दलले निर्वाचन बहिष्कार गरेको खण्डमा लोकतन्त्रको रक्षाभन्दा अराजकता रोजेको ठहरिने बताएकी छिन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दलहरूसँग भएको संवादका क्रममा उनले सबै दलहरूलाई निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता गराउन आग्रह गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, “निर्वाचन आयोगमा दर्ता गर्नु केवल प्रशासनिक प्रक्रिया मात्र होइन, राष्ट्रप्रतिको तपाईंहरूको न्यूनतम राजनीतिक प्रतिबद्धताको परीक्षा हो। दल दर्ता नगर्ने वा निर्वाचन बहिष्कार गर्नेले लोकतन्त्रको रक्षाभन्दा अराजकता रोजेको मानिनेछ ।”

उनले दलहरूलाई निर्वाचनको प्रक्रिया र संवैधानिक दायित्व पालनमा सक्रिय हुन आग्रह गरेकी छिन्, ताकि आगामी प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र प्रभावकारी ढंगले सम्पन्न हुन सकोस् ।

प्रतिक्रिया दिनुहोस्