काठमाडौं । नेकपा एमालेले भोलि बिहीबार दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बोलाएको छ। बैठकमा मुख्य रूपमा महाधिवेशन तयारी र सम्बन्धित निर्णयहरू गरिने जनाइएको छ।

केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, बैठकमा महाधिवेशनका लागि उपसमितिहरू गठन गर्ने लगायतका तयारीसम्बन्धी निर्णयहरू लिने प्रस्तावहरू छलफल हुनेछन्।
जेनजी आन्दोलनका क्रममा जलेको पार्टी कार्यालय मर्मतपछि यो बैठक च्यासलमा बस्ने पहिलो सचिवालय बैठक हो। च्यासल हाल आंशिक रूपमा सञ्चालनमा आएको छ।
गौतमले भने, “संगठन विभाग र संसदीय दलको बैठक पहिले बसेको छ, तर सचिवालयको बैठक च्यासलमा पहिलोपटक बस्दैछ।”














