काठमाडौं । नेपालसँग सीमावर्ती भारतीय राज्य बिहारमा ७५ वर्षीय नितिशकुमारलाई १०औं पटक मुख्यमन्त्री नियुक्त गर्ने निर्णय राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडीएले गरेको छ ।

भोलि बिहान ११स्३० बजे पटनाको गान्धी मैदानमा शपथ ग्रहण समारोह हुने भएको छ । कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय मन्त्रीहरू र विभिन्न राज्यका मुख्यमन्त्रीहरू सहभागी हुनेछन् ।
हालै सम्पन्न विधानसभा निर्वाचनमा एनडीए गठबन्धनले २४३ सिटमध्ये २०२ सिट जितेको थियो। यसमा भाजपा ८९ सिट र जेडीयू ८५ सिट जितेको छ। महागठबन्धनको प्रभाव भने सीमित रह्यो ।











