Logo
Logo

चार महिनामा चितवनमा ३८६ जनामा स्क्रब टाइफस संक्रमण


315
Shares

चितवन । चितवनमा साउनयता गरिएको ५,४५३ नमुनामध्ये ३८६ जनामा स्क्रब टाइफस पुष्टि भएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ। संक्रमितमध्ये २९० जना चितवनका र ९६ जना बाहिरी जिल्लाका छन् ।

The current image has no alternative text. The file name is: Scrub-typhus.gif

चितवनका १९५ महिला र ९५ पुरुषमा संक्रमण देखिएको छ भने बाहिरी जिल्लाबाट आएका ७२ महिला र २४ पुरुषमा पनि स्क्रब टाइफस भेटिएको कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिए ।

सबैभन्दा धेरै संक्रमण रत्ननगरमा १०८ देखिएको छ। खैरहनी ६८ , राप्ती ३७ , कालिका ३६ , भरतपुर २९ , माडी ६ र इच्छाकामना ७ मा पनि केस भेटिएका छन् ।

मुसामा बस्ने संक्रमित किर्नाले टोकेपछि सर्ने यो रोगमा उच्च ज्वरो, आँखामा रातोपन, खोकी, वान्ता, पखाला, जोर्नी–मांसपेशी दुख्ने लगायत लक्षण देखिन्छ ।

बच्न खेत–जंगल जाँदा लामो बाहुला लगाउने, कीटनाशक मलम प्रयोग गर्ने, घर–परिसर सफा राख्ने र मुसा नियन्त्रणमा ध्यान दिन कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्