Logo
Logo

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका कैदी पक्राउ


378
Shares

काठमाडौं । केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका मकवानपुरको थाहा नगरपालिका–९ निवासी ३२ वर्षीय भूपेन्द्र बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

बस्नेतलाई पालुङस्थित इलाका प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो । बस्नेतलाई भीमफेदी कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्