Logo
Logo

रास्वपाले बनायो आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति

रूपन्देही–३ मा लेखजंग नै उम्मेदवार


882
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री विपिनकुमार आचार्यलाई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट समितिको संयोजक तोकेको छ ।

बुधबार बसेको केन्द्रीय समिति बैठकले आचार्यलाई छनोट समितिको संयोजक तोकेको हो । उम्मेदवार छनोटसम्बन्धी रूपरेखा मस्यौदा तयारीको जिम्मेवारी कुशलतापूर्वक सकेकोले उनलाई संयोजकको जिम्मेवारी दिइएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

उम्मेदवार छनोट समिति सदस्यहरूमा सचिवालय सदस्य विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्यद्वय डा. चन्दा कार्की र राजन गौतम तोकिएका छन् । प्रदेश सभापतिहरू पदेन सदस्यका रूपमा रहनेछन् ।

रूपन्देही–३ को हकमा भने यसअघि नै छनोट भइसकेका डा. लेखजंग थापालाई नै उम्मेदवार बनाउने निर्णय रास्वपाले गरेको छ । उनी यसअघि तय भएको उपनिर्वाचनमा उम्मेदवार छनोट भएका थिए । तर उपनिर्वाचन नहुँदै प्रतिनिधि सभा नै विघटन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्