Logo
Logo

बाजुरामा प्रसूति भवन निर्माणमा भ्रष्टाचार, ६ जनाविरुद्ध मुद्दा दायर


378
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन कार्यालय प्रमुख अशोक कुमरा सिंहसित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

The current image has no alternative text. The file name is: akhtiyar.jpg

आयोगले तत्कालीन निमित्त कार्यालय प्रमुख सिंहसहित ६ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।

तत्कालीन निमित्त कार्यालय प्रमुख सिंह, शिक्षा विकास तथा समन्वय इकाइका तत्कालीन इन्जिनियर सुनेश कुमार चौरसिया, तत्कालीन सब इन्जिनियर नरेश रावतविरुद्ध मुद्दा दायर भएको हो । यसैगरी प्रसूति केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडीलाई मुद्दामा विपक्षी बनाउँदै आयोगले आरोप९पत्र दायर गरेको हो ।

आर्थिक वर्ष २०७५/०७६ मा बाजुरा हिमाली गाउँपालिका९६ मा प्रसूति केन्द्र भवन निर्माणका लागि स्वास्थ्य कार्यालय बाजुराबाट २०  लाख र उपभोक्ता समितिबाट ६ लाख १५ हजार २ सय रुपैयाँ व्यहोर्नेगर कन्टेन्जेन्सी सहित २६ लाख १५ हजार २०६ रुपैयाँ रकममा २०७६ जेष्ठ मसान्तभित्र कार्य सम्पन्न गर्ने गरी स्वास्थ्य कार्यालय र प्रसूति केन्द्र भवन निर्माण उपभोक्ता समितिबीच सम्झौता भएको  थियो । 

तर तत्कालीन निमित्त कार्यालय प्रमुख सिंहसहित ६ जनाले बदनियत राखी लागत अनुमान बमोजिम काम गरेको भनी झुट्टा बिल तथा कार्य सम्पन्न प्रतिवेदन तयारी गरी गराइ १५ लाख ८ हजार ५५७ रुपैयाँ भुक्तानी दिएको देखिएको अख्तियारको ठहर छ ।  कमसल सामान प्रयोग  गर्दा भवन भग्नावशेषमा परिणत भई १५ लाख ८ हजार ५५७ मूल्य बराबरको सार्वजनिक सम्पत्तिको हिनामिना हानिनोक्सानी र दुरुपयोग गरेको तथ्य अनुसन्धानबाट खुलेको अख्तियारको दाबी छ ।

अख्तियारले १५ लाख ८ हजार ५५७ बिगो र कानुन अनुसार सजाय माग गर्दै मुद्दा दायर गरेको जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्