Logo
Logo

दुर्गा प्रसाईँलाई २४ घण्टाभित्र सशरीर उपस्थिति गराउन सर्वोच्चको आदेश


3.3k
Shares

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई २४ घण्टाभित्र सशरीर उपस्थिति गराउन आदेश दिएको छ ।

 प्रसाईँका छोरा निराजन प्रसाईँले मङ्गलवार दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाऊ सहित प्रतिवादीलाई उपस्थिति गराउने आदेश गरेको हो । 

प्रसाईँलाई सोमबार राति भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको थियो ।  शान्ति व्यवस्थामा खलल पुर्‍याएको कसुरमा प्रसाईँलाई पक्राउ गरेर थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँबाट ४ दिनको म्याद थप भएको छ ।

प्रतिक्रिया दिनुहोस्