Logo
Logo

चीनसँगको सीमा जोडिएको लप्चीगाउँमा भालु आतङ्क


315
Shares

दोलखा । भालु आतङ्कबाट पीडित तिब्बतसँग सीमा जोडिएको बिगु गाउँपालिका-१ लप्चीगाउँका स्थानीय गाउँ छोड्नुपर्ने अवस्थामा पुगेका छन् ।

The current image has no alternative text. The file name is: bear.jpg

जङ्गली भालुको आतङ्कबाट मानिससहित पशुचौपाया जोगाउन हम्मेहम्मे परेकाले बाध्य भई थातथलो छोड्नुपर्ने अवस्था सिर्जना भएको स्थानीय पासाङ छिरिङ शेर्पा बताउँछन् । उनका अनुसार मौसम असाध्यै चिसो भएको अवस्थामा घर भत्काउने, खाद्यान्न बाली नष्ट गर्ने र मानिस तथा पशुचौपायालाई आक्रमण गर्नेक्रम बढेकाले भालुको नियन्त्रणका लागि सम्बद्ध निकायको ध्यान जान आवश्यक छ ।
 
चिसोबाट बच्न र चौरी चरणका लागि हिउँदमा युवाहरू सोही वडाको लुम्नाङतर्फ झर्न थालेपछि घरमा बुढाबुढी मात्र बस्ने भएकाले लप्चीमा भालु र चितुवासमेतको बिगबिगी भएको स्थानीयको भनाइ छ । 
 
स्थानीय वाङ्छु शर्पाका अनुसार गाउँमा भएको जङ्गली जनावरको आक्रमणबाट उल्लेख्य सङ्ख्यामा चौरी र घोडा मरेपछि आर्थिक रूपमा ठूलो क्षति भएको, गाउँमा डर एवम् त्रासको वातावरण पैदा भएको, घरमा भण्डारण गरी राखेका खाद्यान्न खाइदिएपछि असहज परिस्थिति उत्पन्न भएको, मानिससमेत असुरक्षित हुने अवस्था सिर्जना भएकोले बाध्य भई गाउँ छाड्नुपर्ने अवस्था भएको छ । गाउँमा बढ्दो अवस्थामा रहेको भालु र चितुवा आतङ्क न्यूनीकरण तथा नियन्त्रणका लागि पहल गरिदिन सरकारसँग उनले माग गरे।     
 
चीन सरकारले तिब्बतसँगको नाका खुला गरिदिएपछि दोलखाको उत्तरीभेगस्थित लप्ची गाउँका स्थानीयले चौँरी, चौँरीको घ्यू, छुर्पी बिक्री गरी उताबाट ल्याएको खाद्यान्नसमेत खाइदिँदा गाउँमा बस्ने अवस्था नभएको विगु गाँउपालिका वडा नम्बर–१ लामाबगरका वडाअध्यक्ष मेमबहादुर तमाङ बताउँछन् ।
 
गौरीशंकर संरक्षण क्षेत्रभित्र पर्ने यस गाउँका स्थानीय बासिन्दाले नेपाली भाषा शुद्धसँग बोल्न नसक्ने अवस्था छ । गौरीशंकर संरक्षण क्षेत्रको कार्यलयमा भालु आतङ्कका बारेमा निबेदन दिएपनि सुनुवाइ नभएको स्थानियको गुनासो छ । 

विगुको वडा नम्बर-१ लप्चीमा ४६ घरधुरीसहित झन्डै १५० जनसङ्ख्या रहेको छ । उनीहरूमध्ये चौँरीपालन गर्ने १४ घरधुरीका बासिन्दा मङ्सिरदेखि चैत्रसम्म लुम्नाङतर्फ झर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्