काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि निवेदन दिएकामध्ये नयाँ १० दलले प्रमाणपत्र पाएका छन् । निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म दल दर्ता प्रमाणपत्रका लागि आह्वान गरेको थियो ।

३७ दलले निवेदन दिएकोमा १० दलले प्रमाणपत्र पाएका हुन् । ३० दल प्रमाणपत्रका लागि प्रक्रियामा रहेका छन् । उनीहरूले एक दुई दिनभित्र प्रक्रिया पुरा गरे निर्वाचनमा भाग लिन सक्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
निर्वाचन प्रयोजनका लागि आयोगले मङ्सिर १ देखि १० गतेसम्म दल दर्ता समय तोकेको छ । यसअघि आयोगमा १२२ दल दर्ता भएको थियो ।














