Logo
Logo

सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गरौँ: विमलेन्द्र निधि


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित हुनुपर्ने बताएका छन् । 

The current image has no alternative text. The file name is: nidhi.jpg

आम निर्वाचन र कांग्रेसको १५ औँ महाधिवेशनका विषयमा नेपाल महिला सङ्घले बिहीबार काठमाडौंमा आयोजना गरेको अन्तर्क्रियामा निधिले महाधिवेशन लगायतका गतिविधिलाई निर्वाचनपछि गर्न सकिने भन्दै अहिले सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्नुपर्ने बताएका हुन् । 

कुन बेला कुन कामलाई प्राथमिकता दिने भन्ने कुरामा नेताहरू गम्भीर हुनुपर्ने उनको भनाइ छ । उनले अहिले सम्म कांग्रेसले निर्वाचनमा भाग लिने निर्णय गर्न नसक्नु दुर्भाग्य र हास्यास्पद विषय रहेको बताए ।

नेता निधिले एमाले र माओवादीको तुलनामा कांग्रेसमा लोकतान्त्रीक पद्धतिबाट सहज रूपमा नेतृत्व परिवर्तन हुने भएकाले यसमा जटिलता नरहेको बताए । 

उनले सहमहामन्त्री महेन्द्र यादवको वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव आफूहरूको समेत सहमतिमा केन्द्रीय समितिमा पेश भएको उल्लेख गरे । 

प्रतिक्रिया दिनुहोस्