काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले बिहीबार साँझ काठमाडौंमा मसाल जुलुस निकालेको छ ।

सरकारले दललाई निषेध गर्न खोजेको भन्दै अनेरास्ववियुले मीनभवन क्याम्पस बाहिर मसाल जुलुस निकालेको हो ।
स्वतन्त्र रूपमा राजनीतिक गतिविधि गर्न पाउने सबैको अधिकार भएपनि एमालेको कार्यक्रमलाई केही ठाउँमा निषेध गर्ने प्रयास सरकारबाटै भएको उनीहरूको आरोप छ ।
अनेरास्ववियु आबद्ध विद्यार्थीहरूले सुरक्षा दिन नसक्ने सरकारले निर्वाचनको नाटक गरिरहेको समेत बताएका छन् ।














