Logo
Logo

प्रधानमन्त्रीलाई भेटेर विप्लवले भने: सरकारलाई पूर्ण समर्थन छ


630
Shares

काठमाडौं । नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्दै सरकारलाई आफ्नो पूरा समर्थन रहेको बताएका छन् ।  

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई लिएर विप्लव बालुवाटार पुगेका थिए । भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  

प्रधानमन्त्रीलाई भेटेको  जानकारी गराउँदै विप्लवले विद्रोहको बलमा बनेको यो सरकारलाई आफ्नो पूरा साथ र समर्थन रहेको बताउँदै अहिलेको अवस्थाको सुरक्षित निकासका लागि राजनीतिक समझदारीलाई अझै बृहत् बनाउँदै लैजान आग्रह गरे । उनले  जेनजीले आन्दोलनका क्रममा उठाएका मागहरू पूरा गर्नमा सरकार लाग्नु पर्ने बताए । 

जेनजीका माग अनुसार सरकारले काम गर्नुपर्ने बताउँदै उनले अब सुरक्षित निकासका लागि राजनीतिक दलले भूमिका खेल्नुपर्ने बताए ।  राजनीतिक समझदारीलाई अझै वृहत् बनाउँदै लगेर समृद्ध नेपाल निर्माणमा सबै जुट्नुपर्ने तर्क विप्लवको छ ।

प्रतिक्रिया दिनुहोस्