काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सार्वजनिक सभा गरेरै पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका छन् ।

आगामी ८ मङ्सिरमा पोखरेलले एमाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने जनाइएको छ । राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेरै अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्ने आन्तरिक तयारी पोखरेलको रहेको छ ।
मङ्सिर अन्तिम साता तय भएको एघारौँ महाधिवेशनबाट पनि अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व नछोड्ने तयारी गरिरहेका छन् । तेस्रो पटक अध्यक्ष हुनलाई ओलीले पार्टीको विधान नै संशोधन गरेका थिए ।
तर जेनजी आन्दोलनपछि राजनीतिक कोर्स फेरिएकाले ओलीले नेतृत्व छोड्नुपर्ने तर्क पोखरेलले गर्दै आएका छन् । ओलीले एमाले अध्यक्षमा आफूलाई निरन्तरता दिनको लागि पूर्व राष्ट्रपति विद्या देवी भण्डारी सदस्यता नवीकरण नै रोकेका थिए । जेनजी आन्दोलनपछि ओलीले नेतृत्व छाड्नुपर्ने एमाले नेताहरूको आवाज छ ।














