Logo
Logo

बहुमत जेनजीले प्रधानमन्त्रीको राजीनामा मागिसके: महेश बस्नेत


252
Shares

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले बहुमत जेनजी समूहले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागिसकेको दाबी गरेका छन् । शुक्रवार नेसनल भोलिन्टियस फोर्सको घोषणा सभालाई सम्बोधन गर्दै उनले जेनजी समूहले प्रतिनिधिसभा विघटन गर्नु पनि गलत भएको निष्कर्ष निकालिसकेको दाबी गरेका हुन् ।  

The current image has no alternative text. The file name is: Mahesh.gif

उनले भने, ‘अहिले जेनजीका ४३ वटाभन्दा बढी समूह सक्रिय छन् । तीमध्ये २३ वटा समूहले राष्ट्रपति ज्युकोमा गएर प्रधानमन्त्रीको राजीनामा मागिसकेका छन् ।’ आफूहरू ती सबै जेनजी समूहसँग नजिक भएर वार्ता गरिरहेको उनले बताए । उनले अगाडि भने, ‘ती समूहले बालेनको स्टाटसले सेनासँग वार्ता गर्नु र संसद् विघटन गर्नु बेठिक भयो भन्ने निष्कर्ष निकालिसकेका छन् ।’  

जेनजीका ती समूहहरू संसद् पुनर्स्थापना गर्नुपर्ने निष्कर्षमा पुगेका बस्नेतको  दाबी छ । ‘उनीहरू सरकारमा आफ्नो प्रतिनिधित्व चाहन्छन् । सुशीला कार्की जेनजीको प्रतिनिधि होइन, कुलमान हाम्रो प्रतिनिधि होइन । हामीले भ्रष्टाचारविरुद्ध अभियान चलाएको हो कुलमान र रामेश्वर जस्ता विवादित र भ्रष्टाचारमा मुछिएका व्यक्ति हाम्रो चाहना होइन भनिरहेका छन्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्