सप्तरी । कञ्चनरूप नगरपालिका-२ बरमझियाबाट अवैध लागूऔषध गाँजा करिब ९ सय ७८ किलो गाँजा सहित सुनसरी धरान उपमहानगरपालिका-१३ बस्ने २५ वर्षीय सञ्जय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरी समेतबाट खटिएको प्रहरीले फत्तेपुरबाट भारदहतर्फ जाँदै गरेको ना.५ ख ५३५ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा फल्सबटम बनाई २८ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक सञ्जयलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।














