Logo
Logo

गृहमन्त्रीको लाचारीपनका कारण सिमरा घटना भयो: सुदन गुरुङ


2k
Shares

काठमाडौं । जेनेजी अगुवा सुनद गुरुङले बाराको सिमरा घटना गृहमन्त्री ओमप्रकाश अर्यालको ‘लाचार र असफल नेतृत्व’ का कारण भएको आरोप लगाएका छन् । बारा पुगेर उनले गृहमन्त्रीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

The current image has no alternative text. The file name is: sudan.jpg

पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयमा स्थानीय प्रशासन र जेनेजीबीच भएको वार्तामा गुरुङले भने, ‘सरकार त हाम्रै हो, तर गृहमन्त्रालय हाम्रो भएन । गृहमन्त्रालयले जिम्मेवारीपूर्वक काम गरेको भए यो दिन देख्नुपर्ने थिएन । हामी आफैँ पनि गृहमन्त्रीको विरोधमा उभिएका छौँ । यो लाचारपन अब हामी सहन सक्दैनौँ ।’

उनले भने, ‘हतियारधारीहरू सडकमा खुलेआम घुमिरहेका छन्, बोतल र ढुङ्गा उठाएर हाम्रा साथीहरूमाथि आक्रमण भइरहेको छ । देशका लागि लडेर अङ्गभङ्ग भएका हामीले नै अन्याय सहनुपर्ने रु हामीले कहिले पार्टीको झण्डा बोकेर हिँडेका छौँ रु हाम्रो पहिलो प्राथमिकता सधैँ देश हो, त्यसपछि मात्र अरू कुरा । देश बन्छ भनेर हामी चुप लागेर बसेका थियौँ ।’

नेकपा (एमाले) तर्फ संकेत गर्दै उनले प्रशासनलाई भने, ‘प्रहरी र हामीलाई उनीहरूले नै भिडाएका हुन् । सरकारले नै हाम्रामाथि गोली चलायो, त्यही कारण २३ भदौको घटनापछि २४ भदौमा ठूलो घटना भयो । हामीले कहिलेसम्म यो अन्याय सहने ?’  उनले जेनेजीहरूले आफूहरू राज्यबाट न्याय र सम्मानको अपेक्षा गरिरहेको तर बारम्बार अपमान र दमन भोग्नुपरेको भन्दै चाँडो समाधान नखोजिए थप आन्दोलन चर्कने चेतावनी पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्