Logo
Logo

अगामी चुनावका लागि मतदाताको उमेर निर्दिष्ट समय निर्धारण


441
Shares

काठमाण्डौँ । निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको चुनावका लागि मतदाताको उमेरसम्बन्धी निर्दिष्ट समय निर्धारण गरेको छ।

The current image has no alternative text. The file name is: Nirbachan-Aayog.jpg

आयोगका अनुसार फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने व्यक्तिहरूलाई मतदाता मानिने निर्णय गरिएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने मतदाताको विवरण यही मङ्सिर २० गते आयोगको वेबसाइटमा प्रकाशन गरिनेछ। त्यसमाथि कुनै त्रुटि वा उजुरी भएमा मतदाताले मङ्सिर २१ देखि २७ गतेसम्म आयोगलाई जानकारी दिन सक्नेछन्।

विवरण सच्याउने प्रक्रिया पूरा भएपछि, आयोगले आउँदो पुस १५ गते अन्तिम मतदाता नामावली सार्वजनिक गर्नेछ। प्रतिनिधिसभा सदस्यको चुनावका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने थप अवधि आज सकिएको छ।

यसअघि मतदाता दर्ताको समयसीमा कात्तिक मसान्तसम्म मात्र रहेकोमा, आयोगले पाँच दिन थप गरेर आजसम्म कायम राखेको थियो।

प्रतिक्रिया दिनुहोस्