काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भ्रष्टाचारीहरूलाई मृत्युदण्डसम्मको दण्ड हुनुपर्नेमा माग गरेका छन् । उनले यसका लागि संविधानमै यसको व्यवस्था हुनुपर्नेमा माग अघि सारेका हुन् ।

ट्रक व्यवसायीसंघ भक्तपुरको २६ औँ वार्षिक साधारण सभाको शुक्रवार भक्तपुरमा उद्घाटन गर्दै उनले २०४६ सालभन्दा यो व्यवस्था नेपालमा भएको र पछि हटाएको जानकारी गराए । देशमा भ्रष्टाचारीहरू बढ्दो रहेकोले यसको आवश्यकता भएको उनले औँल्याए ।














