Logo
Logo

बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प


378
Shares

एजेन्सी । बङ्गलादेशमा आज बिहान ५.५ म्याग्निच्युडको भूकम्पले कम्तीमा ६ जनाको ज्यान लिएको छ । स्थानीय समयअनुसार बिहान साढे १० बजेतिर राजधानी ढाकाबाट करिब २५ किलोमिटर टाढा नरसिङ्गडी जिल्लाको घोरसाल क्षेत्रमा भूकम्प गएको समाचार एपीले जनाएको छ ।

The current image has no alternative text. The file name is: earthquake.jpg

ढाकामा विभिन्न भवनका छाना र पर्खाल खस्दा तीन जनाको मृत्यु भएको थियो भने भवनको रेलिङ खस्दा थप तीन जना मलबा मुनि परेर ज्यान गुमाएका छन् । भूकम्पको कम्पनले ढाकाका धेरै भवन हल्लिएपछि त्रसित बासिन्दा घरबाहिर निस्केर सडकतर्फ दौडिएका थिए ।

भूकम्पपछि आवश्यक उद्धार कार्य र क्षति मूल्याङ्कन जारी रहेको छ । सरकारले नागरिकलाई सतर्क रहन र सम्भावित परकम्पनका लागि सचेत रहन अपील गरेको छ ।

प्रतिक्रिया दिनुहोस्