Logo
Logo

मोरङमा ४४ हजार नयाँ मतदाता थपिए


189
Shares

मोरङ । यहाँ ४४ हजार ३११ नयाँ मतदाता थपिएका छन् । यो मङ्सिर ५ गतेसम्म थपिएका मतदाताको सङ्ख्या हो ।

The current image has no alternative text. The file name is: election.gif

यहाँ स्थित प्रदेश निर्वाचन कार्यालयका अनुसार १६ हजार ४१३ जनाले प्रदेशको निर्वाचन कार्यालय र २७ हजार ९८९ जनाले राष्ट्रिय परिचयपत्रका माध्यमबाट नाम दर्ता गराएका हुन् ।

अब मोरङमा मतदाताको सङ्ख्या सात लाख ८६ हजार ६६ पुगेको छ । यसअघि यो जिल्लामा सात लाख ४१ हजार ७५५ मतदाता रहेका अभिलेख छ ।

प्रतिक्रिया दिनुहोस्