
काठमाडौं । नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान, रास्वपा छाडेका सन्तोष परियारसहितले प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरेका छन् । आइतबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित एकता कार्यक्रमबाट नयाँ पार्टीको घोषणा गरिएको हो ।
डा. बाबुराम भट्टराईले स्थापना गरेको र हाल दुर्गा सोबले नेतृत्व गरेको जसपा (नयाँ शक्ति), जनार्दन शर्माको पहलमा स्थापना गरिएको र हाल सुदन किराँतीले नेतृत्व गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी र रास्वपा परित्याग गरेका विघटित प्रतिनिधिसभा सदस्य सन्तोष परियार नेतृत्वको टोली लगायतबीच एकता भएको हो ।














