Logo
Logo

भाद्र २३ र २४ गतेको घटनाका दोषीलाई कारबाही गर्न ‘जेनजी टु’को माग 


315
Shares

काठमाडौं । जेनजी युवाको एक समूहले भाद्र २३ र २४ गतेको घटनामा दोषी देखिएकालाई कारबाही गर्न माग गरेको छ । आइतबार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसँगको छलफलमा जेन जी टु नामक समूहका प्रतिनिधिहरूले जेनजी आन्दोलनका क्रममा भाद्र २३ गने भएको दमनमा दोषी देखिएकालाई कारबाही गर्न माग गरेको हो । 

The current image has no alternative text. The file name is: karfu-genz-baneshwor.jpg

त्यस्तै उक्त समूहले भाद्र २४ गते जनेजीका नाममा भएको आगजनी र तोडफोडमा संलग्नलाई समेत कारबाही गर्नुपर्ने उनीहरूले माग गरेका छन् । जेनजी २.० समूहका प्रवक्ता अविन लिम्बुले गृहमन्त्रीको छलफलका क्रममा जेनजी आन्दोलनमा भएका घटनाको दोषीलाई कारबाही गर्न माग गरिएको बताए । त्यस्तै आगामी निर्वाचन सरकारलाई सहयोग गर्न तत्पर रहेको आफूहरूले बताएको उनले बताए । 

लिम्बुले आफूहरूको समूहको देशभर विस्तार गरिएको जानकारी दिए । जेनजी टु ले आगामी मङ्सिर १२ गते माइतीघरमा शहीदहरूको सम्झनामा मौनधारण गर्दै गृहमन्त्री लगायत अन्य मन्त्रीहरूलाई माइतीघरमा नै जेनजीका मुद्दा तथा मागसहित ज्ञापन पत्र हस्तान्तरण गर्ने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्