Logo
Logo

महेश बस्नेतमाथि रातो मसी छ्याप्नेलाई काँग्रेसले कारबाही गर्ने  


1.8k
Shares

काठमाडौं ।  नेपाली काँग्रेसले एमालेका नेता महेश बस्नेतमाथि रातो मसी छ्याप्नेलाई कारबाही गर्ने भएको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले बस्नेतमाथि रातो मसी छ्याप्नेलाई कारबाही गर्ने बताए हुन् । 

The current image has no alternative text. The file name is: mahes-basnet-car.jpg

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन् । युवा सङ्घको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाने क्रममा एयरपोर्ट लाइनको सडकमा बस्नेत सावरी कारमा रातो मसी फ्याँकिएको थियो ।

रातो मसी छ्याप्ने विराटनगर-२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर-१ का २५ वर्षीय सन्जोग गौतम कांग्रेस निकट नेविसंघमा आबद्ध विद्यार्थी रहेको खेलेको हो । उनीहरूले आज बिहान प्रहरी भ्यान पछिपछि गुडिरहेको बस्नेत सवार कारमा सडक किनारबाट दगुर्दै गएर रातो मसी फ्याँकेका थिए ।

 शेर्पाले लेखेका छन्, ‘ नेकपा एमाले र अखिलसँग हाम्रो सय विमतिहरू छन् । लोकतन्त्रमा विरोध सबैको अधिकार हो । तर आज विराटनगरमा महेश बस्नेतमाथि रातो मसी छ्याप्ने कायरता नेविसंघको होइन । सङ्गठनको नाम दुरुपयोग गर्नेहरूलाई कडा कारबाही गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस्