Logo
Logo

बुबाको हत्या गर्ने छोरा पक्राउ


819
Shares

काठमाडौं । महोत्तरीमा वृद्ध बुबाको हत्या आरोपमा छोरा पक्राउ परेका छन् । गत भदौ २४ गते घरायसी विवादका कारण बुबालाई हत्या गरेको आरोपमा प्रहरीले महोत्तरी गाउँपालिका-३ मडैका २६ वर्षीय अजयकुमार ठाकुरलाई पक्राउ गरेको हो ।

The current image has no alternative text. The file name is: arrested-3.jpg

अजयले घरायसी हतियार प्रहार गरी ७० वर्षीय वृद्ध बुबा जोगेन्द्रको हत्या गरेका प्रहरीले जनाएको छ । अजयले प्रहार गरेको हतियारले वृद्ध जोगेन्द्र गम्भीर घाइते भएको र उनको उपचारको क्रममा सोही दिन साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।   

लामो समयदेखि फरार रहेको अजयलाई प्रहरीले शुक्रवार राति जलेश्वर नगरपालिका-१२ थरुवाहीबाट नियन्त्रणमा लिएको हो । अजयलाई नियन्त्रणमा लिई प्रहरीले घटनाको सम्बन्धमा आवश्यक थप अनुसन्धान गरिरहेको छ ।  

प्रतिक्रिया दिनुहोस्