Logo
Logo

देश सङ्कटमा परेको बेला हेलिकोप्टर चढेर भाग्नेलाई जनताले किनारा लगाउँछन्: भीम रावल


819
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले भीम रावलले जेनजी आन्दोलनका कारण देश सङ्कटमा परेको बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सेनाको हेलिकोप्टर चढेर भागेको आरोप लगाउँदै जनताले यस्ता नेताहरूलाई चुनावमा किनारा लगाउने बताएका छन् ।

आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै रावलले २०८१ भदौ २३ र २४ गते देश गम्भीर सङ्कटमा रहेका बेला ओलीले राष्ट्रिय सुरक्षा परिषद् र केन्द्रीय सुरक्षा समितिको बैठकसमेत नबोलाइ गैरजिम्मेवारपूर्ण तरिकाले आफ्नो ज्यान जोगाउन हेलिकोप्टरबाट भागेको बताए । उनले सत्तारुढ गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस पनि त्यस घटनामा उत्तिकै जिम्मेवार रहेको बताए । 

‘शक्तिशाली सरकार २०८४ सम्म अटल रहन्छ भनेर बारम्बार अहङ्कार देखाउने प्रधानमन्त्री र गठबन्धन सरकारले भदौ २३–२४ को अकल्पनीय सङ्कटमा न त उपस्थिति देखाउन सक्यो, न त व्यवस्थापिका, कार्यपालिका र शासन–प्रशासनको संरक्षण गर्न सक्यो,’ रावलले भने, ‘राष्ट्र जलिरहेका बेला प्रधानमन्त्रीले सुरक्षा परिषद्को बैठक नराखी सेनाको हेलिकोप्टरमा भाग्नु भनेको नालायकी र अक्षमताको पराकाष्ठा हो ।’

उनले सीमा सुरक्षा र नागरिकको ज्यान जोगाउने सरकारको न्यूनतम दायित्वमा पनि तत्कालीन ओली सरकार पूर्ण असफल भएको टिप्पणी गरे । भदौ २३–२४ को घटनाको जिम्मेवारी एमाले र कांग्रेसका शीर्ष नेतृत्वले लिनुपर्ने र छानबिन समितिले निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने उनको माग छ । 

प्रतिक्रिया दिनुहोस्