Logo
Logo

एनपीएलमा सट्टेबाजी गर्ने ८ जना भारतीय पक्राउ


630
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा सट्टेबाजी गराएको आरोपमा ८ जना भारतीय नागरिक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

The current image has no alternative text. The file name is: arreted-1.jpg

पक्राउ पर्नेमा भारतको आन्द्रा प्रदेशका ३१ वर्षीय राजा यदुला, ३५ वर्षका महेश बाबु, ३० वर्षका पण्डित श्रीनिवासुलु, २० वर्षका सेख सोयब, ३० वर्षका नभिन मड्डेला, ३२ वर्षका महमद रफी सेख, १९ वर्षका साई कुमार तम्मिसेट्टी र २८ वर्षका सेख चन्द बसल रहेका छन् । उनीहरू सामाखुसी बस्दै आएको खुलेको छ । 

उनीहरूले अनलाइन बेटिङसाइडबाट सट्टाबाजी गर्ने गरेको प्रहरीको दाबी छ । उनीहरूलाई काठमाडौंको बल्खुबाट पक्राउ गरिएको हो ।  उनीहरूको साथबाट प्रहरीले १५ थान मोबाइल पनि बरामद गरेको छ । थप अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसर भद्रकाली पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्