Logo
Logo

जसपाका ६ नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने


3.2k
Shares

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का ६ जना नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् ।

The current image has no alternative text. The file name is: jasapa-neta.jpg

जसपा सङ्घीय परिषद् सदस्य राजेन्द्र श्रेष्ठ, उपाध्यक्षद्वय रणध्वज लिम्बु (कन्दङ्वा) र परशुराम बस्नेत लगायतका नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका हुन् ।

यस्तै जसपा केन्द्रीय सल्लाहाकार समितिका सदस्य दुर्गामणि देवान, केन्द्रीय विज्ञ परिषद् अध्यक्ष डा. पुष्पराज राजकर्णिकार, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष कृष्णबहादुर घजु पनि नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् । 

 

प्रतिक्रिया दिनुहोस्