Logo
Logo

भारतबाट महँगोमा विद्युत् किनेर ३ अर्ब फाइदा भयो: कुलमान घिसिङ


1.3k
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले प्रतियुनिट भारतीय २१ पैसा महँगोमा पीटीसी इन्डियासँग विद्युत् किनेर उल्टै ३ अर्ब फाइदा गरेको दाबी गरेका छन् । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा सोमबार घिसिङले यस्तो दाबी गरेका हुन् ।

The current image has no alternative text. The file name is: kulman-3.jpg

नेपाल विद्युत् प्राधिकरणले पीटीसी इन्डियाले मागेभन्दा पनि महँगो दरमा बिजुली किन्दा तथा तिर्नै नपर्ने बिहार राज्य प्रसारण लाइनको ह्विलिङ चार्ज तथा चुहावट समेत नघटाएर करिब ४३ करोड रुपैयाँ गडबडी गरेको आरोप लागेको थियो । 

सोही विषयमा राष्ट्रिय सभाका सांसदहरूले प्रश्न उठाएपछि त्यसको जवाफ दिने क्रममा मन्त्री घिसिङले महँगोमा बिजुली किनेर घाटा नभई फाइदा गरेको  दाबी गरेका हुन् । 

प्रतियुनिट २१ भारतीय पैसा महँगोमा बिजुली किन्दा के आधारमा ३ अर्ब नाफा गराएको हो भन्ने विषयमा भने उनले खुलाएनन् । भोलिका दिनमा बिजुली अझै महँगो पर्ने सम्भावना भएकोमा अहिले नै महँगोमा सम्झौता गरेर प्राधिकरणको पैसा जोगाइदिएको तर्क घिसिङको रहेको छ । 

‘६.७४ भारु प्रतियुनिटमा सम्झौता नगर्ने तत्कालीन एमडी र बोर्डलाई कारबाही गर्नुपर्थ्यो,’ ऊर्जामन्त्री घिसिङले दाबी गरे, ‘त्यसबेला निर्णय नगर्ने, अझै उल्टो प्रचार गर्ने ?’ आफूहरूले राज्यको पक्षमा रही निर्णय गरेको उनको दाबी छ । 

प्रतिक्रिया दिनुहोस्