Logo
Logo

काँक्रेविहारमा मृत भेटिएका युवायुवतीको पहिचान खुल्यो 


1.6k
Shares

सुर्खेत । सुर्खेतको काँक्रेविहार जंगलमा मृत भेटिएका युवायुवतीको पहिचान खुलेको छ । मृतक युवती वीरेन्द्रनगर-१०, खजुराकी १६ वर्षीया दीपिका चौधरी र युवक जुम्लाको कनका सुन्दरी गाउँपालिका-७ का १८ वर्षीय नरेश खत्री रहेको प्रहरीले जनाएको छ ।

The current image has no alternative text. The file name is: sav.gif

उनीहरू वीरेन्द्रनगर नगरपालिका-९, मा रहेको काँक्रेविहार जंगलमा सोमबार बिहान करिब ११:३० बजे मृत अवस्थामा भेटिएका हुन् ।

जंगलमा घाँस काट्न गएका स्थानीयले उनीहरूलाई झुन्डिएको अवस्थामा फेला पारेका थिए । स्थानीयको खबरपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी घटनास्थल पुगेको थियो । 

प्रहरीका अनुसार युवतीका काका राजु चौधरी र युवककी फुपू गीता खत्रीले घटनास्थलमै गएर सनाखत गरेका थिए ।  प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्