Logo
Logo

भारतलाई शेख हसिनाको सुपुर्दगी माग्दै बङ्गलादेशको पुनः औपचारिक पत्र


693
Shares

एजेन्सी । बङ्गलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भारतबाट सुपुर्दगी गराउन पुनः औपचारिक अनुरोध गरेको छ । यसका लागि बङ्गलादेशले भारतीय विदेश मन्त्रालयलाई नयाँ कूटनीतिक पत्र पठाएको जनाइएको छ।

The current image has no alternative text. The file name is: shekh-hasina.jpg

अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले मानवताविरुद्धका अपराधका मुद्दामा शेख हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमललाई मृत्युदण्ड सुनाएपछि बङ्गलादेशले भारतसँग सुपुर्दगी प्रक्रिया अघि बढाउन औपचारिक आग्रह दोहोर्याएको हो। विदेश मामिला सल्लाहकार तौहिद हुसेनले भारतसँग नयाँ संवाद सुरु भएको पुष्टि गरे पनि विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन, एएनआईले जनाएको छ।

यसैबीच भारतले न्यायाधिकरणको निर्णयलाई स्वीकार गर्ने र बङ्गलादेशसँग रचनात्मक रूपमा सहकार्य जारी राख्ने बताएको छ। विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा भारतले छिमेकी देशका रूपमा बङ्गलादेशी जनताको शान्ति, स्थिरता, लोकतन्त्र र समावेशीकरणका लक्ष्यमा साथ दिँदै सबै पक्षसँग सहकार्य गरिरहने उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्