Logo
Logo

पानीको बोतल एमआरपीभन्दा बढीमा नबेच्न उपभोक्ता संरक्षण विभागको आग्रह


378
Shares

काठमाडौं । होटल तथा रेष्टुरेन्टहरुले उत्पादकले तोकेको मूल्यभन्दा बढी मूल्यमा पानी बिक्री नगर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आग्रह गरेको छ ।

The current image has no alternative text. The file name is: bibhag-1.jpg

विभागले एमआरपीभन्दा बढी मूल्य लिँदा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ अनुसार उपभोक्ताले माग दाबी गरेमा कारबाही स्वरूप जरिवाना र क्षतिपूर्ति समेत दिनुपर्ने भन्दै एमआरपी भन्दा बढी रकम असुल नगर्न भनेको छ ।

विभागले भनेको छ:    

खानेपानी बोतल बिक्री वितरण र मूल्यका सम्बन्धमा उपभोक्ताको व्यापक गुनासो प्राप्त भएको सन्दर्भमा अनुरोध गरिएको छ, उत्पादकहरूले तोकेको अधिकतम खुद्रा विक्री मूल्य (एमआरपी) भन्दा बढी मूल्य लिई होटल, रेस्टुरेन्ट आदिमा बिक्री गरिरहेको पाइएको एवं उपभोक्ताले मेनुमा उल्लेख भएका वस्तु वा सेवा प्राप्त गरेपछि टेबलमा लगेर राखिएको सिलबन्दी बोतललाई उपभोक्तासँग थप मूल्य लिनु उपयुक्त नदेखिएको हुँदा एमआरपीभन्दा बढी मूल्य लिँदा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ अनुसार उपभोक्ताले माग दाबी गरेमा कारबाही स्वरूप जरिवाना र क्षतिपूर्ति समेत हुने हुँदा सिलबन्दी खानेपानी बोतल ग्राहकलाई उपलब्ध गराउँदा अधिकतम खुद्रा विक्री मूल्य (एमआरपी) भन्दा बढी रकम असुल नगर्नु हुन सूचित गरिएको छ । अन्यथा उजुरी वा स९प्रमाण दाबी हुन आएमा उपभोक्ता संरक्षण ऐन, नियम अनुसार कारबाही हुने बेहोरा सबैमा जानकारीका लागि यो सूचना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्