Logo
Logo

प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्न आयोग जाँदै एमाले


378
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता नेकपा एमाले आज गर्न निर्वाचन आयोग जाँदैछ । प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताका लागि आज आयोगमा निवेदन दिइने एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि भोलि (बुधबारसम्म) दल दर्ता गर्ने समय दिएको छ । राष्ट्रिय सभा निर्वाचनका लागि भने एमालेले यसअघि नै दल दर्ता गरिसकेको छ ।

एमालेले यसअघि संसद पुर्नस्थापनको माग गर्दै २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा भाग नलिने बताउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्