काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेत पछिल्ला दिनमा जहाँ पुगे पनि विरोधका घटनामा पर्ने क्रम बढ्दै गएको छ।
आइतबार सुनसरीमा राष्ट्रिय युवा संघको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा विराटनगर विमानस्थल नजिकै उनी चढेको बा १७ च ५९६१ नम्बरको गाडीमाथि रङ प्रहार गरिएको थियो।

त्यसको दुई दिनपछि, मंगलबार सुर्खेतमा पनि बस्नेतविरुद्ध प्रदर्शन भएको छ । राष्ट्रिय युवा संघले आयोजना गरेको कार्यक्रममा सहभागी हुन बिहानै सुर्खेत पुगेका बस्नेतविरुद्ध ‘जेन–जी’ समूहले विरोध प्रदर्शन गरेको हो ।
संगठनका अनुसार कार्यक्रम वीरेन्द्रनगरस्थित जिल्ला समन्वय समितिको सभाहलमा तय गरिएको थियो। बस्नेत सुर्खेत पुगेसँगै शहरभर सुरक्षा व्यवस्था कडा बनाइएको छ र बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।














