काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको एकता सन्देश सभाले आगामी निर्वाचनका लागि दबाब सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनका अनुसार, सभाले पार्टी एकता दृढ रहेको देखाउने मात्र नभई जनस्तरबाट पनि राजनीतिक प्रक्रिया र निर्वाचनको पक्षमा सक्रिय सन्देश प्रवाह गर्नेछ ।
प्रचण्डले भने, ‘हामी एकता सन्देश सभामार्फत जनतामा स्पष्ट सन्देश दिन चाहन्छौँ र आगामी निर्वाचनलाई प्रभावकारी बनाउन दबाब सिर्जना गर्नेछौँ।’
संयोजक प्रचण्डले एकता र स्थिरतामाथि जोड दिँदै दलभित्र र पार्टी बाहिर दुवै तहमा सकारात्मक सन्देश प्रवाह गर्ने प्रतिबद्धता दोहोर्याए।














