काठमाडौं । इन्टरनेशनल रिलेसन्स एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी)की अध्यक्ष तथा ओमानका लागि पूर्वराजदूत डा. शर्मिला पराजुली ढकाल र डिप्लोमेटिक एकेडेमी अफ ओमानका महानिर्देशक अली अल मानीबीच राजधानी मस्कटमा भेटवार्ता भएको छ ।

भेटवार्ता फलदायी भएको आईआरजीडीडीले जनाएको छ । भेटवार्तामा ओमानसँगको लामो समयदेखिको मित्रता र बलियो व्यावसायिक सम्बन्धका विषयमा कुराकानी भएको हो । भेटमा दुई देशबीचको सम्बन्धलाई बलियो बनाउने विषयमा कुराकानी भएको हो ।
सो अवसरमा दुवै पक्षले तालिम कार्यक्रम, अनुसन्धान सहयोग, नीतिगत संवाद र क्षमता निर्माण पहलहरूमा केन्द्रित हुँदै डिप्लोमेसी एकेडेमी अफ ओमान र आईआरजीडीडी बीचको सहयोगका क्षेत्रहरूको बारेमा कुराकानी भएको जनाइएको छ ।
महानिर्देशक अल मानीले साझेदारीमा आईआरजीडीडीको चाहनालाई स्वागत गरेका छन् । भेटमा दुवै पक्षले साझा क्षेत्रीय र अन्तर्राष्ट्रिय उद्देश्यहरूको समर्थनमा शैक्षिक र कूटनीतिक सहयोगलाई सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरे ।














