Logo
Logo

एमाले महाधिवेशनकाे उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा


1.6k
Shares

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन उदघाटन समारोह भक्तपुरको सल्लाघारीमा हुने भएको छ ।

आज बसेको महाधिवेशन व्यवस्थापन सचिवालयको बैठकले उदघाटन समारोह भक्तपुरको सल्लाघारीमा गर्ने निर्णय गरेको हो । त्यस्तै बन्दसत्र भने काठमाडौंको भृकुटीमण्डपमा हुने छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशन उदघाटन स्थल सल्लाघारीमा र बन्दसत्र भृकुटीमण्डपमा हुने गरी आज निर्णय भएको जानकारी दिए ।

नेकपा एमालेले २७ मंसिरदेखि २९ मंसिरसम्म ११औं महाधिवेशन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्