काठमाडौं । वैदेशिक रोजगारीमा जान चाहने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढेर ९ हजार ५ सय रुपैयाँ पुगेको छ । ८ चैत २०८१ मा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रीस्तरीय निर्णयमार्फत नयाँ शुल्क दर लागू गरेका थिए ।

यसअघि स्वास्थ्य संस्थाहरूले अधिकतम ६ हजार ५ सय रुपैयाँसम्म लिने गर्थे । तर सरकारले ३४ प्रकारका अनिवार्य स्वास्थ्य परीक्षणलाई समेटेर प्याकेज नै ९ हजार ५ सय तोक्ने निर्णय गर्यो । सेवा गुणस्तर वृद्धि गर्ने उद्देश्यसहित गरिएको यो निर्णय चौतर्फी विवादका कारण तत्काल लागू हुन सकेन ।
हाल विभागीय मन्त्री नहुँदासमेत स्वास्थ्य व्यवसायीहरूले आजदेखि बढाइएको शुल्क लागू गर्न थालेका छन् । नेपाल स्वास्थ्य व्यवसायी महासंघ र नेपाल मेडिकल व्यवसायी संघले आफ्ना सदस्य संस्थालाई पत्राचार गर्दै नयाँ दर अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएका छन्।
महासंघका अनुसार सरकारले तोकेको ३४ प्रकारका स्वास्थ्य परीक्षण पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेछ। साथै सबै स्वास्थ्य संस्था प्रविधिमैत्री ९डिजिटलाइज्ड० बनाउन मन्त्रालयले निरन्तर काम गरिरहेको जनाएको छ।














