Logo
Logo

हङकङको आवासीय भवनमा भीषण आगलागी, ४ जनाको मृत्यु


378
Shares

हङकङ। हङकङको ताइ पो क्षेत्रमा बुधबार दिउँसो २ बजेदेखि भीषण आगलागी भएको छ । आगलागीमा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन् ।

The current image has no alternative text. The file name is: honkong.jpg

आगलागी नम्बर ५ अलार्ममा पुगेर उच्च जोखिमको अवस्था भएको बताइएको छ । प्रभावित भवनमा करिब ४ हजार बासिन्दा बस्छन् र १९८४ फ्लाट रहेका छन् । आगो बाँसको स्क्याफोल्डिङ हुँदै अन्य चार ब्लकमा फैलिएको छ। घटनास्थलमा उद्धार कार्य र दमकल परिचालन भइरहेको छ ।

हङकङ प्रहरीले आपतकाल घोषणा गर्दै हटलाइन सञ्चालनमा ल्याएको छ । आगलागीको कारण अहिलेसम्म पत्ता लागेको छैन, तर केही स्थानीयले भवन मर्मतमा खटिएका कामदारको धुम्रपानबाट आगो सुरु भएको हुनसक्ने आशंका गरेका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार यो हङकङमा १७ वर्षमा आएको सबैभन्दा ठूलो स्तरको आवासीय आगलागी हो । यसअघि सन् २००८ मा कोर्नवाल कोर्टमा भएको नम्बर ५ अलार्मको आगोमा ४ जनाको मृत्यु र ५५ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्