Logo
Logo

रवि र छविको मुद्दा न्यायाधीश राई र डंगोलको इजलासमा


1.4k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज सुनुवाइ हुँदैछ ।

बिगो बमोजिमको रकम बुझाइ थुनाबाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने मागसहित रवि र छविले दायर गरेको मुद्दा सुनुवाइका लागि उच्च अदालत तुलसीपुर बुटवलका न्यायधीश मिलन राई र सानुमैया डंगोलको संयुक्त इजलासमा पेसी परेको छ ।

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका उनीहरुको मुद्दामा गतहप्ता पेसी तोकिएपनि लामिछानेका कानुन व्यवसायीले स्थगत माग गरेपछि रोकिएको थियो ।

कात्तिक २० गतेको इजलासले सुरु मिसिल मगाउने आदेश दिएपछि अघिल्लो साता पेसी तोकेपनि लामिछानेका कानुन व्यवसायीले माग गरेपछि स्थगित भएको हो। कात्तिक २० गते न्यायाधीश बासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सुरू मिसिल मगाउने आदेश दिएको थियो ।

यसअघि कात्तिक १३ गते तोकिएको पेसी छविलाल जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो । त्यसअघि लामिछानेको मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले छवि समेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्