Logo
Logo

काठमाडौंमा सुन र नगद लुटपाट गरेको आरोपमा चारजना पक्राउ


315
Shares

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले बैंकमा काम गर्ने महिला कर्मचारीका साथबाट सुन, नगद र विभिन्न सामान लुटपाट गर्ने उनीहरूलाई पक्राउ गरी बिहीबार ९मंसिर ११० सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा स्याङ्जा घर भई तारकेश्वरमा बस्दै आएका २७ वर्षीय ईश्वर बुढाथोकी, नुवाकोटका क्रमशः २० वर्षीय विशाल राई, १८ वर्षीय साजन तामाङ र १९ वर्षीय समीर तामाङ छन् । यही मंसिर ८ गते महिलालाई लुटपाट गरी उनीहरू फरार रहेका आरोप छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवनकुमार भट्टराईले साँझको समयमा हिँडेर घर फर्कने क्रममा महिलाको साथमा रहेको नगद, सुन, बैंकका चाबी, मोबाइल सेट र महत्त्वपूर्ण कागजातसहितको झोला लुटपाट गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।

उनीहरूले मोटरसाइकलमा आएर लुटपाट गरी भागेका थिए । पक्राउ परेकासँग प्रहरीले मोबाइल, चाँबीको झुप्पोलगायत सामानसहित १२।६३० ग्राम सुनको झुम्का, ७।८ लालको सुनको टप र दुई हजार ५०० रुपैयाँ नगद बरामद गरेको छ ।

पक्राउ परेका चारैजनालाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्