काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि नेपाली सेना परिचालन हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका हुन् ।

प्रधानमन्त्रीको सिफारिस तथा सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयबमोजिम राष्ट्रपति पौडेलले नेपालको संविधान अनुसार सेना परिचालनको स्वीकृति दिएका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्रीको सिफारिस र मन्त्रिपरिषद्को निर्णयमा उल्लेख भएअनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सेना परिचालनको स्वीकृति प्रदान गरिएको हो ।
निर्वाचन सुरक्षा योजना अन्तर्गत मतपत्र छपाइ, ढुवानी तथा मतदान स्थलको बाहिरी घेराको सुरक्षा वा अति संवेदनशील क्षेत्रको सुरक्षाका लागि सेना खटाउने प्रचलन छ ।














