Logo
Logo

बालुवाटारमा प्रधानमन्त्री र एमाले नेताहरूबीच छलफल जारी 


882
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका नेताहरूबीच छलफल जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल चलिरहेको छ ।

The current image has no alternative text. The file name is: baluwatar.jpg

छलफलमा नेकपा एमालेका तर्फबाट महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता महेश बर्तौला सहभागी छन् ।सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसहित सञ्चारमन्त्री जगदीश खरेल, प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ र प्रेस संयोजक राम रावल सहभागी छन् ।

प्रधानमन्त्री कार्कीले राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्नका लागि तयारी अघि बढाएकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्