Logo
Logo

चितुवाबाट जोगिन घाँटीमा फलामका किला भएको पट्टी


4k
Shares

एजेन्सी । भारतको महाराष्ट्रस्थित पुणे जिल्लामा चितुवाबाट हुने आक्रमण बढ्दै गएको छ। पछिल्लो २० दिनमा चितुवाको आक्रमणका कारण ३ जनाको मृत्यु भइसकेको छ, जसले गर्दा स्थानीय बासिन्दामा डरको वातावरण सिर्जना भएको छ।

स्थानीयहरूले आफूलाई चितुवाको आक्रमणबाट जोगाउन घाँटीमा तिखा किलाहरूको पट्टी लगाउन सुरु गरेका छन् । चितुवाले आक्रमण गर्ने प्रयास गरेमा किलाले मुखमा चोट पुर्‍याउने भएकाले आक्रमणबाट जोगिने स्थानीहरूको विश्वास छ।

पुणे जिल्लाका कलेक्टर जितेन्द्र डूडीका अनुसार, चितुवाले होता मानिस र खेतमा काम गर्नेहरूलाई लक्षित गरेर आक्रमण गर्ने गर्दछ। यसरी उसले सीधा घाँटीमा समात्ने प्रयास गर्ने हुँदा स्थानीयहरूले घाँटी तिखा किलाहरूको पट्टी लगाउन थालेका हुन्।

क्षेत्रीय वन अधिकारी स्मिता राजहंसका अनुसार, वन विभागले आक्रमण रोक्नका लागि प्रयास गरिरहेको छ। यसका लागि क्षेत्रका बासिन्दालाई ३,३०० वटा नेक बेल्ट वितरण गरिएको छ।

पुणे जिल्लाको जुन्नर वन प्रभागमा २ हजारभन्दा बढी चितुवा रहेका छन्। पछिल्लो २० वर्षमा चितुवाको आक्रमणमा ५६ जनाको मृत्यु भइसकेको छ भने २५ हजारभन्दा बढी पशु मारिएका छन्।

पछिल्लो २० दिनमा शिरूर तालुकाको पिंपरखेड़मा चितुवाको आक्रमणमा ३ जनाको मृत्यु भएपछि स्थानीय बासिन्दाहरूले वन विभागको गाडी र कार्य कार्यालयमा आगजनी गरेका थिए। त्यस्तै, पुणे–नासिक राजमार्ग पनि अवरुद्ध गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्