Logo
Logo

चुनावपछि मात्रै महाधिवेशन गर्नुपर्ने कांग्रेस संस्थापन पक्षको निष्कर्ष


630
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहको भेलाले फागुन २१ गतेको निर्वाचनपछि मात्रै पार्टी महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ । बानेश्वरस्थित आनन्दभूमि पार्टी प्यालेसमा शुक्रवार बसेको संस्थापन पक्षको छलफलले निर्वाचनअघि सबै विवादित क्रियाशील सदस्यताको टुङ्गो लगाएर मात्र महाधिवेशनमा जानुपर्नेमा जोड दिएको छ। 

The current image has no alternative text. The file name is: comgress.jpg

भेलाले अहिलेको असामान्य राजनीतिक परिस्थितिमा चुनावपछि मात्र महाधिवेशन गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको हो। बैठकमा वर्तमान केन्द्रीय कार्यसमितिको म्याद थप्ने विषयमा पनि विस्तृत छलफल भएको छ । 

केन्द्रीय सदस्य डा. रणबहादुर रावलका अनुसार अहिले जिल्ला सभापतिदेखि तल्ला तहका सबै कमिटीको म्याद १० गते सकिइसकेको छ भने केन्द्रीय कार्यसमितिको म्याद मङ्सिर २८ गते सकिँदै छ । यस्तो अवस्थामा विधानबमोजिम म्याद थपको प्रस्ताव आगामी केन्द्रीय समिति बैठकमा पेस गरिने र सहमति नभए बहुमत-अल्पमतबाट निर्णय लिनुपर्ने विषयमा पनि संस्थापन पक्ष सकारात्मक देखिएको छ । 

कांग्रेसभित्र महाधिवेशन निर्वाचनअघि गर्ने कि पछि भन्ने विषयमा चर्को विवाद कायमै छ । यही विवादका कारण असोज २८ गतेदेखि सुरु हुनुपर्ने केन्द्रीय कार्यसमिति बैठक पटक-पटक स्थगित हुँदै आएको छ । संस्थापन पक्ष निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने अडानमा छ भने महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा लगायतका नेताहरूले निर्वाचनअघि नै नयाँ नेतृत्व चयन गर्नुपर्ने बताउँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्